Comments Add Comment

बाढी पहिरो प्रभावितको उद्धारमा जुट्न क्रान्तिकारीको निर्देशन

२८ असार, काठमाडौं । अखिल क्रान्तिकारीले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले अबिरल वर्षाका काण प्राकृतिक विपत्ती सृजना भएको भन्दै सबै नेता-कार्यकर्ताहरुलाई प्रभावित क्षेत्रमा परिचालन हुन निर्देशन दिएका हुन् ।

उनले भने, ‘बाढी प्रभावित क्षेत्रमा पुगेर जनतालाई राहत र उद्दार कार्यमा जुट्न संगठनका सबै नेता कार्यकर्तालाई निर्देशन दिएको छु । म आफै पनि प्रभावित क्षेत्रमा जान्छु ।’

उनले डुबान तथा पहिरोको समस्या समाधान गर्न र उद्दार तथा राहत कार्यमा सम्पूर्ण क्षेत्रलाई यथाशीघ्र परिचालन गर्न सरकारसँग माग पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment