शनिबार, ५ साउन, २०७५
OnlineKhabar.com
Suzuki

खुर्सानी खाने अनौठो प्रतियोगिता

Suzuki
अनलाइनखबर


झण्डै डेढ अर्ब जनसंख्या भएको देश चीनमा अनेक थरी प्रतियोगिता हुन स्वभाविकै हो ।

चीनको हुनान प्रान्तमा यस्तै एक रोचक प्रतियोगिता हुन्छ, जसमा भाग लिन जोकोहीले हिम्मत जुटाउन गाह्रो पर्दछ ।

हुनान प्रान्तमा हरेक वर्ष खुर्सानी खाने प्रतियोगिताको आयोजना गरिन्छ । यो वर्षको प्रतियोगिता सोमबार सुरु भएको छ ।

खुर्सानी खाने प्रतियोगिताको विजेताले २४ क्यारेट सुनको सिक्का पाउँदछ । उक्त सिक्काको वजन ३ ग्राम हुन्छ ।

गत वर्षदेखि यो प्रतियोगिताको सुरुवात भएको हो र सुरुमा १० जनाले भाग लिएका थिए । सबैभन्दा छोटो समयमा ५० वटा खुर्सानी खानेले प्रतियोगिताको उपाधि जित्दछ ।

त्यस क्रममा तांग सुइहुइ नामका एक युवकले ६८ सेकेण्डमा ५० वटा खुर्सानी खाएर प्रतियोगिता जिते ।

खुर्सानीले भरिभराउ एक पोखरीमा उक्त प्रतियोगिताको आयोजना गरिएको थियो ।

उक्त प्रतियोगितामा ताबास्को जातको खुर्सानी खान दिइन्छ । उक्त खुर्सानी विश्वको सबैभन्दा पिरो मध्येको एक हो ।

एजेन्सी

२०७५ असार २८ गते ११:०९ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • अध्यक्ष (बरिष्ट) अखिल नेपाल लम्पसार सघ (उत्तर दक्षिण दुवै) केरुङ्ग - रक्सौल, हाल: काठमाण्डू लेख्नुहुन्छ    |   २०७५ असार २८ गते १७:१७

    असाद्यै राम्रो प्रतियोगिता
    आगामी साल बाट नेपाल वाट पनि टिम पठाउने सरकारको योजना छ – रेलमा चढाएर

    10
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this