शनिबार, ५ साउन, २०७५
OnlineKhabar.com
Suzuki

यो हो दुनियाँकै सानो टापु

Suzuki
अनलाइनखबर


अमेरिकाको न्युयोर्कस्थित एलेक्जेन्ड्रिया नजिकै एउटा सानो टापु छ । यो विश्वकै सबैभन्दा सानो टापु हो ।

दुनियाँकै सानो यो टापुको नाम जस्ट रुम इनफ हो । यो टापुको आकार एउटा टेनिस कोर्ट बराबर छ । अझ अर्को रोचक कुरा त के भने यो टापुमा केवल एउटा घर र एउटा रुख छ ।

यो टापु घरको एउटा कुनाबाट सुरु भएर अर्को कुनासम्म मात्रै फैलिएको छ । विश्वका २ हजारभन्दा धेरै टापुहरु मध्येमा यो पनि एक हो । ३ हजार ३ सय वर्गफिटमा फैलिएको छ यो टापु । यसले सानो आकारको टापुको रुपमा गिनिज बुकमा नाम लेखाएको छ ।

स्मरणरहोस् यसअघि बिशप रकलाई विश्वको सबैभन्दा सानो टापु मानिन्थ्यो । तर विशप रक भन्दा जस्ट रुम इनफ आधाले सानो छ ।

यो टापुलाई यसअघि हब आइल्याण्डको नामले चिनिन्थ्यो । सन् १९५० मा एक परिवारले टापु किनेर त्यसमा घर बनाए र रुख रोपे । त्यसपछि टापुको नाम हब आइल्याण्डबाट बदलेर जस्ट रुम इनफ राखिएको हो ।

उक्त परिवारले छुट्टीको समय बिताउन खरीद गरेको यो टापु अहिले गिनिज बुकमा मात्र परेको छैन पर्यटकीय स्थल नै बनेको छ ।

एजेन्सी

२०७५ असार २८ गते ११:२२ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this