Comments Add Comment

‘भद्र’ र ‘रुपसी’ चीनलाई हस्तान्तरण

नेपालका लागि चिनियाँ राजदूत यू होङलाई गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर: चन्द्र आले/अनलाइनखबर

२८ असार, काठमाडौं । नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंडाको जोडी बिहीबार हस्तान्तरण गरेको छ ।

बिहीबार बिहान राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरेका हुन् ।

‘भद्र’ र ‘रुपसी’लाई मंगलबार चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएको थियो । अब चीनबाट आउने विशेष जहाजमा चढाएर ति दुवै गैंडालाई चीन पठाइने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले जानकारी दिए ।

२०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो । त्यसको दुई वर्षपछि बिहीबार एकजोडी गैंडा चीनलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारले पोथी गैंडाको नाम ‘रुपसी’ र भाले गैंडाको नाम ‘भद्र’ राखिदिएको छ ।

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका सह-सेनानी शिवराम खड्काको नेतृत्वमा आएको १० जना सैनिकसहितको टोलीले गैंडालाई स्कर्टिङ गर्दै काठमाडौं ल्याएको थियो ।

गैंडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि केही समय चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा कोषका भेटेरिनरी प्राविधिज्ञ किरण रिजाल, वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई गैंडासँगै चीन जाने छन् ।

नेपालले अहिलेसम्म विभिन्न देशमा २६ गैंडा उपहार दिएको छ । विश्वमै दुर्लभ मानिने एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा पछिल्लो गणनाअनुसार ६४५ वटा गैंडा रहेका छन् । चितवनमा मात्रै ६०५ गैंडा रहेको तथ्यांक छ ।

यो पनि पढ्नुस्

गैंडा चीन पठाउनेबारे समन्वय नगरेको भन्दै नगरपालिकाको असन्तुष्टि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment