Comments Add Comment

खाद्य संस्थानको जग्गामा निर्माणाधीन भवनमा रोक


२८ असार, काठमाडौं । नक्सा स्वीकृत नगरी निर्माण कार्य शुरु गरेको र बक्यौता रकम नबुझाएका कारण नेपाल खाद्य संस्थानको भद्रकालीस्थित जग्गामा निर्माण भइरहेको भवनको निर्माण कार्यमा रोक लगाइएको छ ।

नियम विपरीत निर्माण कार्य गरेकाले काठमाडौँ महानगरपािलकाले निर्माण कार्यमा रोक लगाएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ मा सरकारी वा निजी कार्यालयले भवन निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट अनिवार्य रुपमा नक्सा स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

नक्सा विपरीत निर्माण भइरहेको मात्र होइन खाद्य संस्थानले कामपालाई रु सात करोड कर शीर्षकको बक्यौता रकम पनि तिर्न बाँकी छ । बक्यौता रकम तिर्न र सम्बन्धित वडामा निर्माणका लागि नक्सा स्वीकृत गर्न कामपाले संस्थानलाई आग्रह गरेको छ ।

कामपा–११ का वडाध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो, “अहिले निर्माणमा रोक लगाइएको भवन संस्थान आफ्नै नभई व्यापारिक प्रयोजनका लागि अरूले नै निर्माण गरिरहेको भवन हो । अहिले रोक्का गरिएको उक्त भवनले करीब सात रोपनी क्षेत्रफल ओगटेको छ ।

उक्त विषयलाई लिएर वडा र संस्थानका अधिकारीबीच पटक पटक छलफल भइसकेको छ । छलफलमा संस्थानका अधिकारीले कर तिर्ने रकम आफूहरुसँग नभएको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment