Comments Add Comment

‘बोबी’ प्रिमियरमा बज्यो ब्याण्ड बाजा, कविता र उमेशको यसरि गरियो स्वागत


भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘बोबी’को प्रिमियर काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रको रेड कार्पेट प्रिमियरमा सिमित चलचित्रकर्मीको उपस्थिती थियो ।

चलचित्रको प्रिमियरमा कलाकारलाई ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । चलचित्रका मुख्य कलाकारहरु उमेश थापा, कविता श्रेष्ठ, विजय लामालाई ब्याण्ड बाजासहित स्वागत गरिएको हो ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रले नर्वेमा बस्दै आएका उमेश र कविताको रियल लाइफ कथालाई उठान गरेको छ । नरेश भट्टराइले चलचित्रको कथा लेखेका हुन् ।

चलचित्र हेर्ने अधिकांशले रियल लाइफ जोडीको कथाले मन छोएको बताए । उनीहरुले, उमेश र कविताको प्रेमकथा धेरैका लागि प्रेरणा हुनेसक्ने प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment