Comments Add Comment

रक्षाको सुन्दरता, बले र कक्रोजको मित्रता


चलचित्र ‘बोबी’को प्रमोशनका क्रममा काठमाण्डौ बाहिर आयोजना गरिएको कन्सर्टमा सहभागी भएकी कलाकार रक्षा श्रेष्ठ बुधबार बेलुकी आयोजना भएको चलचित्रको प्रिमियरमा आकर्षक बनेर पुगिन् ।

चलचित्रको पि्रमियरमा अन्य कोहि पनि नायिकाहरु उपस्थित नभएकाले पनि रक्षामा मिडियाको क्यामेरा बढी फोकस भएको थियो ।
‘भद्रगोल’ सिरियल खेलेर चर्चा कमाएकी रक्षा म्यूजिक भिडियोमा पनि काम गरिरहेकी छिन् । उनले, चलचित्रमा भने अहिलेसम्म काम गर्ने योजना बनाएकी छैनन् ।

चलचित्रको कार्यक्रममा ‘भद्रगोल’मा ‘बले र जिग्री’ नामले परिचित सागर लम्साल र हरि निरौला उपस्थित थिए । रक्षा, सागर र हरिको मित्रता पनि गज्जबको देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment