Comments Add Comment

गोविन्द केसीको जीवन रक्षाको माग गर्दै अछाममा प्रर्दशन

२८ असार, अछाम । अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वयलपाटा अस्पतालमा प्लेकार्डसहित प्रर्दशन गरिएको छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुले प्रांगणमा बिहीबार प्लेकार्डसहित प्रर्दशन गरेका हुन् ।

डाक्टर केसीले उठाएका स्वास्थ्य क्षेत्रका मुद्धाहरु नागरिकको पक्षमा रहेको भन्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहितकर्मचारीले हातमा प्लेकार्ड लिएर डाक्टर केसी सर्मथन जनाएका बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोषकुमार ढुंगानाले बताए ।

अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले ‘सुदूरपश्चिममा मेडिकल कलेज तत्काल स्थापना, सबैमा समान मेडिकल शिक्षा, डाक्टर केसीको जीवनरक्षा गर’ भन्ने लगायतका प्लेकार्डहरु प्रर्दशन गरेका थिए ।

डाक्टर केसी कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १५ औं अनसन बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment