Comments Add Comment

फुजेलका वासिन्दाले भने : छविलाल पौडेल निर्दोष छन्

काठमाडौं, २८ असार । गोरखा फुजेलका वासिन्दाले कृष्णप्रसाद अधिकारी हत्याका आरोपित भनेर कारागारमा रहेका गोरखा फुजेलका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल रिहाइ गर्न माग गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा सचेत नागरिक परिवार फुजेलले पत्रकार सम्मेलन गरेर छविलाल पौडेल निर्दोष रहेको बताएका हुन् । स्थानीय परशुराम पौडेलले भने,’छविलाल पौडेल निर्दोष हुनुहुन्छ, उहाँ हाम्रो गाउँको विकासवादी नेता हो, सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै गंगामायाले कानूनसम्मत रुपमा न्याय पाउन् भनेर र आफू निर्दोष छु भनेर अदालतसामु जानुभएको हो ।’

गोरखा फुजेलका ठाकुर देवकोटाले जनयुद्धका सञ्चालक प्रचण्ड, बादल, पासाङलाई यस घट्नाको जिम्मा लिन आग्रह गरेका छन् । उनले भने,’जनयुद्धका कमाण्डरहरु आज मालिक बनेर मोज गरिरहेका छन्, अनावश्यक आरोप खेपेर हाम्रा आफन्तहरुले जेल बस्नुपर्ने ? यदि जेल जानुपर्ने हो भने प्रचण्डले जानुपर्‍यो, होइन भने निर्दोष मानिसहलाई फसाउने काम भएको छ ।’

कार्यक्रममा महाप्रसाद पौडेलले नन्दप्रसाद अधिकारी र गंगामायाले पारिवारिक रिसइबीका कारण आफन्तहरुलाई फसाउन खोजेको आरोप लगाए ।

उनले भने, ‘कृष्णप्रसाद अधिकारी हत्याको जिम्मेवारी तात्कालिन माओवादीले लिएको र आज आएर परिवारका सदस्यहरुलाई फसाउन खोज्नु अन्यायमा पार्नु हो ।’ नन्दप्रसादकी बुहारीलाई अंश दिलाउन पहल गर्ने गाउँलेलाई छोराको हत्यारा हुन् भनेर आरोपित गरिएको उनले बताए ।

७८ वर्षीय छविलाल पौडेलको हालै आँखाको शल्यक्रिया गरिएको र उनी उच्च रक्तचाप र पिसावसम्बन्धी समस्याबाट ग्रसित रहेको परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment