Comments Add Comment

गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग

२८ असार, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गण्डकी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी अध्यक्ष वैद्यले प्रदेशको नाम पहिचानविरोधी राखिएको भन्दै खारेज गर्न माग गरेका हुन् ।

केही दिनअघि प्रदेशसभा ४ को बैठकले नाम गण्डकी राख्ने निर्णय गरेको थियो ।

‘हाम्रो पार्टी यस प्रकारको पहिचानविरोधी निर्णयको तीव्र विरोध र पहिचानको पक्षमा सञ्चालित न्यायपूर्ण आन्दोलनको दृढ समर्थनका साथै त्यसप्रति ऐक्यवद्धता समेत जाहेर गर्दछ’ विज्ञप्तिमा भनिएको छ ‘हाम्रो पार्टी ४ नंं प्रदेशको नामांकनसम्बन्धी उक्त निर्णयको खारेज गरी पहिचानसमेतलाई आधार बनाई नयाँ ढंगले नामांकन गर्नका लागि सरकारसित जोडदार माग गर्दछ ।’

प्रदेशको नामांकन गर्दा त्यसको ऐतिहासिकता, जातीय, क्षेत्रीय तथा भाषिक अवस्थिति, सामाजिक आर्थिक अवस्था, पहिचान जस्ता विषयलाई आधार बनाउनुपर्ने क्रान्तिकारी माओवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment