Comments Add Comment

मौद्रिक नीतिलाई नेप्सेको रातो बत्ती

२८ असार, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्टै सेयर बजार दोहोरो अंकले घटेको छ ।

कारोबारको अधिकांश समय अधिकांश समूहको परिसूचकमा रातो बत्ती बल्दा साताको अन्तिम दिन बिहीबार सेयर बजार १३ दशमलब ६६ अंकले ओरालो लागेको हो ।

१२०५ दशमलव ६७ बाट शुरु भएको कारोबार १३ दशमलव ६६ अंकले घट्दा ११९१ दशमलव ९८ को विन्दुमा आइपुगेर कारोबार बन्द भएको छ । कारोबार खुला भएको केही समय उकालो लागेको बजार धेरैबेर टिक्न सकेन ।

कारोबार रकम भने बिहीबार ४५ करोड ४४ लाख ६ हजार २ सय ५६ रुपैयाँ पुगेको छ । १६ लाख २० हजार ८ सय ८० कित्ता सेयर किनबेच हुँदा ४५ करोड ४४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

लामो सय सेयर बजार ओरालो लागेर हैरान भएका लगानीकर्ताहरु मौदि्रक नीति आए पछि बढ्ने आशामा बसेका थिए । तर, अपेक्षा अनुसारको मौदि्रक नीति नआएको भन्दै पूँजी बजारका लगानीकर्ताहरु निराश भएका छन् ।

बुधबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा केही राम्रा व्यवस्थाहरु गरिएको भए पनि बैंकहरुले सेयर धितोमा प्रबाह गर्ने कर्जाको सिमा घटाएको कारण लगानीकर्ताहरु सन्तुष्ट हुन नसकेका हुन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यसअघि प्राथमिक पूँजीको ४० प्रतिशतसम्म दिदै आएको कर्जा सिमालाई घटाएर २५ प्रतिशतमा झारेको छ । तर, मौद्रिक नीतिले सेयर बजारको दायरालाई फराकिलो बनाउन वाणिज्य बैंकलाई पनि सेयर ब्रोकर लाइसेन्स खुल्ला गरेको छ ।

यो व्यवस्थासँगै अब वाणिज्य बैंकहरुले सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्न सक्ने भए पनि लगानीकर्ताहरु खुसी हुन नसक्दा सेयर बजार बढ्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment