शुक्रबार, ४ साउन, २०७५
OnlineKhabar.com
Suzuki

मौद्रिक नीतिलाई नेप्सेको ‘रेड सिग्नल’

Suzuki
अनलाइनखबर


२८ असार, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक भएको भोलि पल्टै सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अधिकांश सयम अधिकांश समूहहरु राताम्मे देखिदा साताको अन्तिम दिन बिहीबार सेयर बजार १३ दशमलव ६६ अंकले ओरालो लागेको हो ।

१२०५ दशमलव ६७ बाट सुरु भएको कारोबार १३ दशमलव ६६ अंकले घट्दा ११९१ दशमलव ९८ को विन्दुमा आइपुरगेर कारोबार बन्द भएको छ । कारोबार खुला भएको केहि समय हरियाली देखिएको बजार धेरैबेर टिक्न सकेन ।

कारोबार रकम भने बिहीबार ४५ करोड ४४ लाख ६ हजार २ सय ५६ रुपैयाँ पुगेको छ । १६ ललाख २० हजार ८ सय ८० कित्ता सेयर किनबेच हुँदा ४५ करोड ४४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

लामो सय सेयर बजार ओरालो लागेर हैरान भएका लगानीकर्ताहरु मौद्रिक नीति आए पछि बढ्ने आशामा बसेका थिए । तर, अपेक्षा अनुसारको मौदि्रक नीति नआएको भन्दै पूाजी बजारका लगानीकर्ताहरु निराश भएका छन् ।

बुधबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा केहि राम्रा व्यवस्थाहरु गरिएको भए पनि बैंकहरुले सेयर धितोमा प्रबाह गर्ने कर्जाको सिमा घटाएको कारण लगानीकर्ताहरु सन्तुष्ट हुन नसकेका हुन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यस अघि प्राथमिक पूँजीको ४० प्रतिशतसम्म दिदै आएको कर्जा सिमालाई घटाएर २५ प्रतिशतमा झारेको छ । तर, मौऽकि नीतिले सेयर बजारको दायरालाई फराकिलो बनाउन वाणिज्य बैंकलाई पनि सेयर ब्रोकर लाइसेन्स खुल्ला गरेको छ ।

यो व्यवस्थासँगै अव वाणिज्य बैंकहरुले सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्न सक्ने भए पनि लगानीकर्ताहरु खुसी हुन नसक्दा सेयर बजार राताम्मे देखिएको हो ।

२०७५ असार २८ गते १५:५३ मा प्रकाशित (२०७५ साउन २ गते १६:१९मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this