Comments Add Comment

प्रधानन्यायाधीशमा सिफारिस जोशीको सुनुवाई प्रक्रिया सुरु

२८ असार, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको बिहीबार बसेको बैठकले कार्यविधि पारित गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले उपसमितिले तयार पारेको कार्यविधिलाई सुझावसहित पारित गरेको हो ।

समितिले बिहीबारदेखि नै प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको सुनुवाई प्रक्रिया पनि सुरु गरेको छ । बिहीबार नै सूचना जारी गरेर प्रधानन्यायाधीशमा सिफारिस जोशीको सुनुवाई प्रक्रिया सुरु गरिएको पनि समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए ।

कार्यविधिमा सुनुवाईका लागि सिफारिस गरिएकाहरुलाई समितिको दुई तिहाई बहुमतले खारेज गर्ने व्यवस्था पनि गरिएको समितिका सदस्य भट्टराईले जानकारी दिए ।

त्यसैगरी सुनुवाई गर्ने क्रममा सिफारिसमा परेकाहरुले जनाएको प्रतिवद्धता अनुसार काम भए/नभएको सम्बन्धित निकायसँग सोधपुछ गर्ने व्यवस्था पनि कार्यविधिमा समावेश गरिएको छ ।

कार्यविधिमा सिफारिसमा परेका व्यक्तिहरुको सुनुवाईलाई प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई पनि सहभागी गराउने पनि उल्लेख गरिएको छ । समितिका सदस्य भट्टराईले सुनुवाई प्रक्रियालाई छिटोभन्दा छिटो सम्पन्न गर्ने व्यवस्था पनि गरिएको बताए ।

गत मंगलबार बसेको समितिको पहिलो बैठकले कार्यविधि तय गर्न भट्टराई, शिवकुमार मण्डल केवट र पुष्पा भुसाल रहेका ३ सदस्यीय उपसमिति गठन गरेको थियो ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधिशमा सिफारिस जोशीलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment