Comments Add Comment

पुनर्वास नगरपालिका अब आफ्नै भवनमा

२८ असार, कन्चनपुर । पुनर्वास नगरपालिकाको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सिंहदरबारको सेवा गाउँगाउँमा भन्नेले सार्थकता पाउने बताए ।

उनले आफ्नै भवनबाट सेवा शुरु गर्न लागेको पुनर्वास नगरपालिकाका जनप्रतिनिधिहरुलाई जनताका काममा दत्तचित्त भएर लाग्न निर्देशन दिए ।

मुख्यमन्त्री भट्टले सम्झौता अगावै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको भन्दै निर्माण व्यवसायी रोयल कन्स्ट्रक्सनका प्रोपाईटर प्रकाशबहादुर सेठीलाई धन्यबाद दिदै सम्मानसमेत गरेका छन् ।

नगरपालिकाका मेयर जीवनराज थापाले भाडाको घरबाट सेवा दिन अप्ठयारो भैरहेको अवस्थामा अब आफ्नै भवनबाट सेवा दिन पाएकोमा खुशी व्यक्त गरे ।

उनले ऐन कानूनको निर्माण भैनसकेकोले केही कुराहरुमा व्यवधान रहेको भन्दै प्रदेश सरकारले कानून निर्माणमा ध्यान दिनुपर्ने बताए ।

गत २०७३ साल फागुन १९ गते ६ करोड ३२ लाख १२ हजार ८ सय ३० रुपैयाँमा सम्झौता गरी ०७५ फागुन १८ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको रोयल कन्स्ट्रसन कैलालीले सम्झौताको अगावै भवन निर्माण गरी हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment