Comments Add Comment

‘यो पागल मन’ निर्देशकको हल नपाएको गुनासो


चलचित्र ‘यो पागल मन’ भोली शुक्रबारदेखि देशभरका हलमा रिलिज हुँदैछ । लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रबाट यसको निर्माणपक्ष आशावादी देखिएको छ । चलचित्रमा गौरी मल्ल, विनोद न्यौपाने, ऋचा सिंह ठकुरी, राजेश ढुंगाना, एनि कुँवर लगायतका कलाकारको मुख्य भूमिका छ ।

त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको यो चलचित्रबाट दर्शक सन्तुष्ट हुने दाबी यसको निर्माणपक्षको छ । चलचित्रलाई कल्याण अधिकारीले निर्देशन गरेका हुन् । यो चलचित्रबाट कलाकार विनोद न्यौपाने लभर ब्वाइको रुपमा चलचित्र क्षेत्रमा उदाउने निर्देशकको दाबी छ ।

यो चलचित्रका निर्माता तथा निर्देशक अधिकारीले आफू चलचित्र क्षेत्रका लागि नयाँ भएकाले पनि पर्याप्त हल नपाएको बताउँछन् । आफूले ३ बर्ष लगाएर चलचित्र निर्माण गरेको भन्दै अधिकारीले नयाँ व्यक्तिलाई चलचित्र क्षेत्रमा आउन धेरै गाह्रो रहेको टिप्पणी गरे । उनले, दर्शकले चलचित्रलाई माया गरिदिने विश्वास समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment