Comments Add Comment

बोस्टनमा अन्जु पन्त एकल साँझ हुने

१२ जुलार्इ, डीसी  । लोकप्रिय गायिका अन्जु पन्त एकल साँझ कार्यक्रम बोस्टनमा हुने भएको छ । अन्जु पन्त एकल साँझ बोस्टन नामक कार्यक्रम आगामी जुलाई २२ तारिख आइतबारका दिन हुने छ ।

उनको एकल साँझ कार्यक्रम बोस्टनको आर्लिंगटन शहरको रिजेन्ट थिएटर (रंगशाला)मा हुने छ । कार्यक्रम ठीक साढे ६ बजे सुरु हुने आयोजकले जनाएको छ ।

अन्जु पन्तको अमेरिका तेश्रो पटकको यात्रा हो भने यस पटक अलिक लामो बसाइको साथै विभिन्न राज्यहरुमा आफ्नो प्रस्तुति गरिरहेकी छिन् । उनी गत मे महिनामा सम्पन्न युनाईटेड नेप्लिज सम्मेलनको लागि अमेरिका बिशेष प्रस्तुतिको लागि आएकी हुन् ।

बोस्टनमा हुने उक्त कार्यक्रम हिमालय हेरिटेज कल्चरल एकडेमीले प्रस्तुत गरेको हो भने बोस्टनका विभिन्न सामाजिक संस्थाहरु जीएनबिसी , पशुपति बुद्ध फाउन्डेसन, नेपाल वुमेन ग्लोबल नेटवर्क (न्यू इंग्ल्याण्ड शाखा), जात्रा नेपाल, ए ब्रोड नेपाल ईन्टरटेन्टमेन्ट, कोशेली इभेन्ट्स यूएसए तथा सौगात ईन्टरटेन्टमेन्ट को सहयोगमा हुने छ ।

प्रवेश शुल्क २५ डलर छ भने कार्यक्रम स्थलमा टिकट किन्दा ३० डलर पर्ने आयोजकले जनाएका छन् । उन्ले न बिर्सें तिमीलाई…, म तिमि बिना मरिहाल्छु, सुर्के थैली खै, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, तिमि रोएको पल लगायत चर्चित गीतहरु गाउने छिन् । बोस्टनका श्रोता तथा दर्शकले उनका कालजयी गीत सुन्ने र नाच्ने अवसर समेत पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment