Comments Add Comment

मायाकी आमा भन्छिन्ः छोरीका हत्यारालाई फाँसी नदिए प्राण त्याग्छु

२८ असार, कैलाली । सामुहिक बलात्कार गरी हत्या गरिएकी माया बिकका परिवारले घटनामा संलग्न भउको आरोपमा पक्राउ परेकाहरुलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् ।

बिहीबार कैलालीको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले घटना दर्दनाक भएको भन्दै घटनामा पक्राउ परेकाहरुलाई हदैसम्मको सजाय हुनु पर्ने माग राखेका हुन् ।

माया बिककी आमा देउसरा बिकले भनिन, ‘आफ्नी एक्की छोरीको यस्तो हालत (सामुहिक बलात्कारपछि हत्या) गर्नेलाई राज्यले हदैसम्मको सजाय देओस् होइन भने न्यायका लागि प्राण आहुति गर्नसमेत पछि पर्ने छैन ।’

उनले अपराधिलाई सजाय कम भयो भने अन्य व्यक्तिहरुले समेत यस्ता घटना फेरि दोहर्‍याउन सक्ने भन्दै आफ्नी एक्ली छोरीलाई अपहरणपछि सामुहिक बलात्कार गरी हत्या गर्नेलाई प्रदेश सरकारले नयाँ कानून बनाएर भएपनि फाँसीको सजाय हुनु पर्ने बताइन् ।

मायाका बुवा हर्कबहादुर विकले धेरै दुःख गरेर भएपनि छोरीलाई पढाएर केही गर्न सक्ने बनाएपनि छोरीको यस्तो हालत गर्नेलाई राज्यले हदैसम्मको सजाय दिएर परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था हुनु पर्ने माग राखे ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभा सदस्य टेकबहादुर रैकाले माया बिकको घटनाले आफूलाई स्तब्ध पारेको भन्दै आफूहरु मायालाई न्याया दिलाउनका लागि पछि नपर्ने बताए ।

त्यस्तै अर्की प्रदेश सभा सदस्य पूर्णा जोशीले सुन्दै पनि आङै जिरिङ्ग हुने एस्ता घटनाले आफूहरुलाई निकै पीडा भएको भन्दै मायाका परिवारलाई धैर्य घारण गर्न आग्रह गरिन् । उनले पक्राउ परेका अपराधिहरुलाई कुनैपनि हालतमा सजाय कम हुने वातावरण बन्न नदिने बताइन् ।

गौरीगंगा नगरपालिका-११ जरही कटानकी १९ वर्षीया मायाको सामुहिक बलात्कारपछि हत्या गरिएको अवस्थामा गत असार १५ गते शव फेला परेको थियो । उनी असार १२ गतेदेखि बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

मायालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले कैलालीको गौरीगङ्गा नगरपालिका-११ शिवपुरका ३० वर्षीय गणेश बडुवाल, सोही ठाउँका २७ वर्षीय मनोज बोगटी, वडा नम्बर ११ ऐठाका २१ वर्षीयसुरज चौधरी, शिवपुरकै २० वर्षीय भुवन खाती र १९ वर्षीय तपेन्ऽ बोगटीलाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment