Comments Add Comment

कलेज पोशाकमा आउनेलार्इ रुपन्देहीका होटेलमा कोठा नदिइने

१६ वर्षेलाई मदिरा बिक्री नगर्ने निर्णय

२८ असार, बुटवल । होटल र रेष्टुरेण्टहरुमा विकृति बिसंगति बढ्दै गएको भन्दै व्यवसायीले विकृति रोक्न नयाँ नियम लागू गरेका छन् ।

व्यवसायीले १६ वर्षमुनिका ग्राहकलाई धुमपान र मदिराजन्य वस्तु विक्री गर्न रोक लगाएका छन् । यस्तै कलेज तथा स्कुल पोशाकमा आएका जोडी विद्यार्थीलाई होटल/रेष्टुरामा कोठा उपलब्ध नगराउने नियम लागू गरिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसीले बताए ।

पछिल्लो समय कलेज पढ्ने विद्यार्थीहरु कलेज पोशाकमै होटल रेष्टुरेन्टमा कोठा लिएर यौनजन्य क्रियाकलापमा सरिक हुने क्रम बढेपछि यस्तो नियम लागू गर्नुपरेको अध्यक्ष जीसीले बताए ।

संघले जारी गरेको नयाँ आचारसंहितामा होटलमा आउने प्रत्येक पाहुना तथा पर्यटकको परिचय खुल्ने गरी दर्ता गर्नु पर्ने, दर्तामा फोन नम्बर अनिवार्य रुपमा उल्लेख हुनु पर्ने नियम छ ।

कुनै व्यवसायीले समाजमा विकृति र विसंगती फैलाउने खालका अनुचित काम गरेको प्रमाणित भएमा संघले कानुनी कारबाहीको लागि सिफारिस गरिनेसमेत संघले जनाएको छ ।

होटेल र रेस्टुरेण्टमा मूल्यसूची अनिवार्य रुपमा राख्नु पर्ने, होटेल रेस्टुरेण्टमा काम गर्ने कामदार कर्मचारहिरुलाई अनिवार्य रुपमा पोशाकको व्यवस्था गर्नुपर्ने र खाद्य सुरक्षालाई उच्च महत्व दिदै खानाका परिकारहरु शुद्ध र सफा राख्नु पर्नेमा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment