Comments Add Comment

बजाजको नयाँ शोरुम सिराहाको ट्राफिक चोकमा

२८ असार, काठमाडौं । एचएच बजाजले पूर्ण सुविधासहितको नयाँ शोरुम सिराहाको ट्राफिक चोकमा सञ्चालनमा ल्याएको छ । कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गरी नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

नयाँशोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । एचएच बजाजले कहिकतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड, बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो ।

ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई सिराहामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको कम्पनीले जनाएको छ । एचएच बजाजले आफ्ना ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment