Comments Add Comment

उपमेयरले गरिन् मेयरलाई क्लीन बोल्ड !

२८ असार, सप्तरी । राजविराज नगरपालिकाकी उपमेयरले मेयरलाई क्लीन बोल्ड गरेकी छन् । मेयर कप सप्तरी पि्रमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दा उपमेयरले मेयरलाई क्लीन बोल्ड गरेकी हुन् ।

सप्तरी जिल्लामै पहिलो पटक भइरहेको मेयर कप उद्घाटनमा मेयर उपमेयरदे देखाएको खेलले झनै रोमाञ्चक बन्यो । उद्घाटनको क्रममा बलिङ गरेकी उपमेयर साधना झाले ब्याटिङ गरिरहेका मेयर शम्भु यादवलाई डक आउट नै गरिदिइन् ।

उद्घाटनका बेला विकेट किपर थिए, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह । उपमेयरको पहिलो बलमै मेयर आउट भएको देखेपछि विकेटकिपर बसेका अध्यक्ष सिंह पनि रमाए ।

प्रतियोगिताका लागि जिल्लामै पहिलो पटक अक्सन मार्फत् खेलाडी चयन गरिएको छ । प्रतियोगिताको पहिलो खेलमा सिद्धान्त लोहनीको कप्तानीमा रहेको बोदे बर्साइन थन्डर्सले किर्तिमानी खेलाडी मेहबुब आलमको कप्तानीमा रहेको तिलाठी कोइलाडी महिन्द्रा  हिरोजलाई ४ विकेटले पराजित गरेको छ ।

बोदे बर्साइनले १९ ओभर १ ओभरमा ८६ रन बनायो । जवाफमा ८७ रन लक्ष्य पछ्याउने क्रममा जित नजिक पुगेको तिलाठी कोइलाडी ४ रनले चुक्न पुग्यो ।

अन्तिम ओभरमा जितको लागि २४ रन आवश्यक रहेका बेला तिलाठी कोइलाडीका ब्याट्सम्यान विकास दासले लेग स्पिनर बिक्रम भुसालको पहिलो २ बलमा तथा ओभरको चौथो बलमा छक्का प्रहार गर्दै खेल रोमाञ्चक स्थितिमा पुर्‍याए । अन्तिम २ बलमा ६ रन आवश्यक रहंदा पाँचौ बलमा रन बनेन भने अन्तिम बलमा विकासले १ रन मात्रै बनाउन सक्यो ।

पहिलो इनिङमा बोदे बर्साइनको लागि रोहन बिकले सर्वाधिक १८ रन तथा सन्दिप ढुंगानाले १३ रन बनाएका थिए । तिलाठीका बलर घनश्याम साहले ४ विकेट तथा दिब्यान्शु मालिक र मेहबुब आलमले समान २, २ विकेट लिए । दोश्रो इनिङमा तिलाठीका ब्याट्सम्यान विकास दासले अविजित २४ रन तथा मिनास थापाले १५ रन बनाए ।

खेलमा प्लेयर अफ द म्याच ४ विकेट लिएका बोदे बर्साइनका बलर नन्दन झा घोषित भए । जसलाई राजविराज नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डलले अवार्ड तथा १ हजार ५० सय रुपैयाँ प्रदान गरे ।

प्रतियोगिताको शुक्रबार खेलिने एक मात्र खेलमा सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साइन थन्डर्स र हसिम अन्सारी कप्तानीको बजाज खडक वारियार्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा तीन वटा टिमको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment