Comments Add Comment

साउन १ गतेदेखि तीव्र गतिमा सवारी कुदाए दोब्बर जरिवाना

२८ असार, काठमाडौं । सवारी साधान तीब्र गतिमा कुदाए साउन १ गतेदेखि दोब्बर जरिवाना तिर्नु पर्ने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले तीब्र गतिमा सवारी चलाएवापतको जरिवाना रकम दोब्बर बनाउने भएको हो ।

यसअघि तीब्र गतिमा सवारी चलाउँदा ५ सय रुपैयाँ जरिवाना लिइँदै आएको थियो ।

‘साउन १ गतेदेखि एक हजार रुपैयाँ जरिवाना तिर्नु पर्नेछ’, महानगरीय ट्राफिक महाशाखाका वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले अनलाइनखबरसँग भने, ‘यातायात व्यवस्था विभागबाट प्रत्यायोजित अधिकार प्रयोग गरेर जरिवाना बढाइएको हो ।’

विभागले १३ वैशाखमा तीब्र गतिमा सवारी चलाएवापत ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म जरिवाना लिन सकिने व्यवस्थासहितको पत्र ट्राफिकलाई पठाएको थियो ।

‘हजार रुपैयाँ जरिवाना हुँदैमा पूरा कन्ट्रोल भइहाल्छ भन्ने चाहिँ होइन । तर, केही न केही कम हुन्छ भन्ने हाम्रो अपेक्षा हो’, पन्तले थपे, ‘पहिले सबै सवारी चालकको मानसिकता परिवर्तन हुनुपर्छ । अनि, मात्र यो कन्ट्रोल हुन्छ ।’

ट्राफिक नियम आफ्नै लागि हो भन्ने कुरा सर्वसाधारणले पहिले बुझ्नु पर्ने उनको भनाइ छ ।

ट्राफिकले सवारी चालकसँग आवश्यक कागजपत्र नभए, निषेधित क्षेत्रमा हर्न बजाए र लेन अनुशासन पालना नगरे ५ सय रुपैयाँ जरिवाना लिँदै आएको छ । मादक पदार्थ सेवन गरी चलाउनेलाई ५ सयदेखि १५ हजार रुपैयाँसम्म लिँदै आएको छ ।

मापसेमा पटकको आधारमा जरिवाना लिने गरिएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment