Comments Add Comment

न्यायाधीश नियुक्तिको विवाद संवैधानिक इजलासमा पठाइने

२८ असार, काठमाडौं । उच्च अदालतका न्यायाधीश नियुक्तिको विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ ।

बिहीबार न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले उक्त रिट संवैधानिक इजलासबाट सुनुवाइ हुने गरी तोक्नका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने आदेश दिएको छ ।

न्यायपरिषदले २०७३ पुस २८ गते उच्च अदालतको न्यायाधीश सिफारिस गर्दा परिषदका सबै सदस्यको उपस्थिति नदेखिएको र समानुपातिक समावेशी सिद्धान्त बमोजिम नभएको भन्दै अधिवक्ताहरु तोयनाथ ढुंगाना, कुमार काफ्ले, सुरेन्द्रप्रसाद यादव, दुर्गाबन्धु पोखरेल, डिलहरि शर्मा लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरुले उक्त निर्णय बदरको माग गर्दै संविधान र कानुन बमोजिम पुन न्यायाधीश नियुक्ति गर्न माग गरेका थिए ।

बिहीबार सर्वोच्चले न्यायाधीश नियुक्तिको विषयमा सिद्धान्त कायम हुन सान्दर्भिक र उपयुक्त हुने भएको र उक्त विषयमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएकाले संवैधानिक इजलासमा पठाउनु उपयुक्त हुने ठहर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment