Comments Add Comment

गोलको खुसी मनाउँदा पेलिए फोटो पत्रकार !

२८ असार, काठमाडौं । बुधबार राति इंग्ल्याण्डलाई २-१ ले हराएर क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा पुग्यो । त्यसको खुसी मैदानमा मात्रै होइन मैदानबाहिर पनि निकै फैलियो ।

पाँचौ मिनेटमा एक गोलले पछि परेको क्रोएसियाका लागि अप्रत्याशित जित निकाल्ने क्रममा खेलको ६८ औं मिनेटमा पेरेसिक र १ सय ९ औं मिनेटमा म्यान्जुकिजले विजयी गोल गरे ।

गोलपछि म्यान्जुकिज खुसी मनाउन मैदान छेउ दर्शक नजिक पुगे । त्यो दृश्य क्यामरामा कैद गरीरहेका फोटोपत्रकार युरी खेलाडीहरुकै मुनि थिचिए । त्यसले फुटबलमा कहिल्यै नआएका फोटोहरु उनले कैद गर्न पाए ।

खेलाडीहरु मैदानमा लडेर खुसी मनाइरहेका बेला उनीहरु मुनि थिचिँदा पनि फोटोपत्रकारले फोटो खिचिरहेका थिए । त्यो सबै दृश्य भने छेवैमा रहेका रोयटर्सका फोटोपत्रकार कार्ल रेसिनीले खिचे । जसले फुटबल उत्सवमा भिन्न दृश्यलाई सबैसामु ल्याइदियो ।

गोलको खुसी मनाइसकेपछि खेलाडीहरुले फोटोपत्रकार थिचिएको थाहा पाए । उनलाई उठाएर केही भएको छ कि भन्दै उनीहरुले बुझे । र, मैदान प्रवेश गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment