Comments Add Comment

भक्तपुरमा पुरिएर मत्यु भएका ३ जनाको परिवारलाई १ लाखको दरले राहत दिइने

२८ असार, काठमाडौं । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेर टहरो पुरिँदा मृत्यु भएका ३ जनाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत दिइने भएको छ ।

जिल्ला विपद् व्यवस्थापना समितिबाट चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले ज्यान गुमाएका ३ जनालाई राहत दिइने भएको हो ।

यसअघि पहिरोले एकैपरिवारका ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया लामा र साढे दुई वर्षीया सम्पदा लामाको मृत्यु भएको थियो ।

यसैबीच, गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परेर बिहीबारसम्म ५६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् ।

त्यस्तै, ३७ जना घाइते रहेको बताइएको छ ।

बाढी तथा पहिरो प्रभावितहरुलाई सम्बन्धित जिल्लाको प्रशासन कार्यालयमार्फत राहत वितरण गर्ने काम भइरहेको गृहले जनाएको छ ।

यो पनि पढ्नुस् 

भक्तपुरमा घर भत्किँदा एकै परिवारका ३ को मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment