Comments Add Comment

मन्त्री सवार विमान आकासमै फनफनी

२८ असार, काठमाडौं । धावनमार्गमा चिरा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अवरुद्ध भएको छ ।

धावनमार्गको दक्षिणी भागमा चिरा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । करिब ४५ मिनेट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएको उनको दाबी छ ।

त्यसक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल सवारी विमान पनि झण्डै एक घन्टा आकासमै फनफनी घुमेर बसेको छ ।

उनी नेपालगञ्जबाट ३ बजेको फ्लाइटमा काठमाडौं उडेका थिए । विमान भरतपुरको आकासमा आएपछि धावनमार्गमा क्राक देखिएका कारण उडान तथा अवतरण रोकिएको खबर आयो ।

काठमाडौंको आकासमा झण्डै एक घन्टा फनफनी घुमेपछि विमान अवतरण गर्न पाएको मन्त्री पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment