Comments Add Comment

सिन्धुपाल्चोकको सल्लेमा जीप दुर्घटना, ३ जनाको मृत्यु

२८ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँच पोखरीथाङपाल गाउँपालिकास्थित सल्लेमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन सकेको छैन ।

मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप थाङपालकोट र थाङपालधापको सिमाना फ्याफुला डाँडामा अचानक स्टार्ट बन्द भएपछि करिब ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

घटनामा घाइते ९ जनालाई दुर्घटना भएको जीपभन्दा पछाडि आइरहेको ट्रकमा उपचारका लागि लगिएको स्थानीय प्रकाश बस्नेतले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन् ।

पानी परेको कारणले बाटो बिग्रिएको र बेलुकाको समय भएकोले उद्धार कार्यमा समस्या भएको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा दुई जना पुरुष र एक जना महिला भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक पर्शुुराम मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment