Comments Add Comment

चीनमा विष्फोट, १९ जनाको मृत्यु

२९ असार, काठमाडौं । चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

चीनको सरकारी समाचार संस्था सिन्हृवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको जनाएका छन् । तर विस्फोट के कारणले भयो भन्नेबारे भने केही पनि खुलाइएको छैन ।

विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा फैलिएको धुँवाको तस्वीरहरु चीनको सामाजिक सञ्जालमा राखिएको बीबीसीले जनाएको छ ।

यो सन् २०१५ पछि ठूलो विस्फोट हो । यसअघि सन् २०१५ मा उत्तर-पूर्वी बन्दरगाह शहरका रुपमा चिनिने तियाङजिङको रसायनिक गोदाममा आगलागी हुँदा १२५ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment