शनिबार, ५ साउन, २०७५
OnlineKhabar.com
Suzuki

पहिरोले हेटौंडा-फाखेल सडक अवरुद्ध, यात्रु अलपत्र

Suzuki
राजन दाहाल

२९ असार, हेटौंडा । गएरातिदेखि परेको पानीका कारण पहिरो झरेपछि हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको मार्ग अवरूद्ध भएको छ । सडकमा पहिरो खसेर हेटौंडा-फाखेल खण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा पूर्वी तराईको सर्लाहीदेखि चल्ने सवारी र यात्रु अलपत्र परेका छन् । हेटौंडा-फाखेल खण्डको महालक्ष्मी खोला र सुकौरा ड्याममा आएको पहिरोले सडक अवरुद्ध भएको प्रहरी चौकी फाखेलले जनाएको छ ।

ठूलो पहिरो झरेका कारण सडक चाँडै खुल्ने अवस्था नरहेको बताइएको छ । पहिरो पन्छाउनका लागि उपकरण पनि नभएका कारण समस्या भएको प्रहरीले जनाएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंले ठेक्का लगाएर काम गरी रहेको हेटौंडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली खण्ड पनि सञ्चालनको अवस्थामा नरहँदा थप समस्या भएको बताइएको छ ।

सडक अवरुद्ध हुँदा पूर्वी नेपालको सर्लाही, रौतहट, निजगढ, बारा, पर्सादेखि आउने र काठमाडौंबाट फर्कने साना सवारी रोकिएका छन् । यो दुई छोटो मार्ग हुँदै दैनिक एक हजारभन्दा बढी सवारी सञ्चालन हुने गर्दछन् ।

यो मार्गमा दुई दर्जन कम्पनीको भाडाका पाँच सयभन्दा बढी सुमो सञ्चालन हुने गर्दछन् ।

दीर्घकालीन ढंगबाट काम गर्न नसकिए प्रत्येक दिन पहिरोको जोखिम रहेको ईन्द्रसरोवर गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष धनबिर स्याङतानले बताए ।

२०७५ असार २९ गते ८:५१ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this