Comments Add Comment

अनलाइन कम्पनीहरुले के गछन् प्रयोगकर्ताका डाटा ?


फोन ट्रयाक गर्ने, फोनमा आएका मेसेज खोजीनीति गर्ने तथा फोनका प्रयोगकर्ताको जानकारी विभिन्न थर्डपार्टी कम्पनीहरुलाई दिने । जब तपाइँ कुनै नयाँ एप तथा वेबसाइटको प्रयोग गर्न सुरु गर्नुहुन्छ, मोटामोटी यिनै तीन प्रकारका अनुमतिहरु एप बनाउने कम्पनीहरुलाई जान वा अन्जानमा दिइएको हुन्छ ।

तर के यो यहीँसम्म मात्र सिमित छ त ? अर्थात् प्रयोगका जुन शर्तहरु कम्पनीले सुरुवातमा पढ्नका लागि दिएको हुन्छ, के त्यसका शव्दाबलीहरु बुझ्न सजिलो हुन्छ ?

बीबीसीको अनुसन्धान टोलीले अत्यधिक लोकप्रिय १५ वटा एप्स तथा वेबसाइटको प्राइभेसी नीतिको अध्ययन पश्चात् यो तथ्य पत्ता लगाएको छ कि एप बनाउने कम्पनीहरुले जुन गोपनियताका नीति तथा प्रयोगकर्ता शर्तहरु उपभोक्तासामु राख्दछन् त्यसलाई बुझ्नका लागि कम्तीमा पनि विश्वविद्यालय तहसम्मको शिक्षा आवश्यक हुन्छ ।

प्रायः यस्ता दस्तावेज तयार गर्ने समयमा कम्पनीहरुले निकै जटिल तथा घुमाउरा वाक्यको प्रयोग गर्दछन् ।

यी दस्तावेजलाई गहन रुपमा पढ्नेहो भने केही आश्चर्यजनक वास्तविकता थाहा हुन्छ ।

१. लोकेसन ट्रयाकिङ्गः तपाइँको मोबाइलको लोकेसन सधैभरि ट्रयाक गरिएको हुन्छ, चाहे तपाइँ यसको अनुमति दिनुस् नदिनुस् । कतिपय एप्हरुले मोबाइल ट्रयाक गर्नका लागि अनुमति माग्ने गरेको भएपनि प्रयोगकर्ताले अनुमति नदिएको अवस्थामा समेत उनीहरुको मोबाइल ट्रयाक गरिन्छ । फेसबुक र ट्विटर जस्ता प्रसिद्ध एपहरुले पनि इन्टरनेट प्रोटोकल एड्रेसको सहायताले यस्तो काम गर्दछन् ।

२. सहयोगी कम्पनीहरुलाई डाटा दिनुः कतिपय एप यस्ता हुन्छन् जसले प्रयोगकर्ताबाट एकत्रित गरिएका सूचनाहरु आफ्ना प्रतिद्वन्दी तथा सहयोगी कम्पनीहरुलाई बेच्दछन् । उत्कृष्ट उपभोक्ता सेवा तथा लक्षित मानिसहरुसम्म विज्ञापन पूराउनका लागि यस्तो गर्ने गरिएको दाबी एप निर्माताको हुने गरेको छ । तथापि टिन्टर जस्ता डेटिङ एपहरुले जो सूचना आफ्ना उपभोक्ताहरुबाट लिन्छन् त्यसलाई ओके क्यूपिड, प्लेन्टी अफ फिश तथा म्याच डट कम जस्ता अन्य डेटिङ एप्ससँग शेयर गर्ने गर्दछन् ।

३. तेश्रो पक्षलाई डाटा बेच्नेः अमेजनले लेखेकै हुन्छ कि उसले प्रयोगकर्ताका डाटा तेश्रो पक्ष एप्ससँग शेयर गर्न सक्दछ । उसले उपभोक्ताहरुलाई आफ्नो गोपनियता नीीत राम्रोसँग अध्ययन गर्न पनि आग्रह गरेको हुन्छ । फोन निर्माता कम्पनी एप्पलले पनि यस्तै गर्दछ । साइबर सुरक्षा विज्ञहरुका अनुसार यसरी अनलाइन कम्पनीहरुले तेश्रो पक्षलाई प्रयोगकर्ताका डाटा दिनु खतरनाक सावित हुनसक्दछ । तर विकिपेडियाले भने प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरुलाई व्यवसायिक प्रयोजनका लागि कुनैप्नि थर्डपार्टी कम्पनीलाई दिँदैन ।

४. टिन्डरको डाटा शेयरिङः कहिलेकाहीँ डाटा शेयर गर्नुको अर्थ कोही प्रयोगकर्ताको नाम, उमेर तथा उसको लोकेसन शेयर गर्नेसम्म मात्र सिमित हुँदैन । डेटिङ एप टिन्डरले प्रष्ट पारेको हुन्छ कि उसले प्रयोगकर्ताका अन्य खाले जानकारीहरु पनि सँगालेको हुन्छ, जस्तै प्रयोगकर्ताले एप प्रयोग गरिरहेको बेला कुन कोणमा मोबाइल समातेको हुन्छ तथा फोनको मुभमेन्ट कति थियो ? तर यस्तो खालका डाटाका उपयोग के मा हुन्छ भन्ने चाहीँ कम्पनीले खलाएको छैन ।

५. फेसबुक सर्चः फेसबुकमा तपाइँले के के सर्च गर्नुभयो, त्यसलाई डिलिट गर्ने विकल्प फेसबुकले उपलब्ध गराएको हुन्छ । तर प्रयोगकर्ताले डिलिट गरेपछि पनि ६ महिनासम्म फेसबुकले त्यो रकेर्ड सँगालेर राखेको हुन्छ कि प्रयोगकर्ताले विगतमा के के खोजी गर्यो ?

६. अफलाइन ट्रयाकिङ्गः यदि तपाइँको फोनमा फेसबुक एप छ तर तपाइँले त्यसमा लगइन नै गर्नुभएको छैन वा तपाइँको फेसबुक अकाउन्ट नै छैन भनेपछि फेसबुकले तपाइँको फोन ट्रयाक गरिरहेको हुन्छ । फेसुबकको डाटा पोलिसी अनुसार फेसबुक बिजनेस टूलको सहयोगमा प्रयोगकर्ताका गतिविधिहरु निगरानी गरिन्छ, भलै फेसबुकको प्रयोग भएको होस् वा नहोस् । कम्पनीका अनुसार प्रयोगकर्तासँग कुन खालको फोन छ ? कुन कुन वेबसाइट हेर्दछ ? के के खरीद गर्दछ वा कस्तो खालका विज्ञापनहरु हेर्दछ ? भन्ने खाले जानकारीहरु फेसबुकले राख्ने गर्दछ ।

७. व्यक्तिगत मेसेजहरुः तपाइँलाई लाग्दो हो आफ्ना प्राइभेट मेसेजहरुमाथि केवल तपाइँको मात्र पहुँच छ । तर यस्तो हुँदैन । आफ्नो प्राइभेसी नीति अनुसार लिंक्डइनले स्वचालित स्क्यानिङ्ग प्रविधिको सहयोगबाट प्रयोगकर्ताको प्राइभेट मेसेजहरु पनि पढ्दछ । ट्विटरले प्रयोगकर्ताका मेसेजहरुको डाटाबेस नै आफुसँग राख्दछ । यद्यपि प्रयोगकर्ताले कहिले को सँग कुराकानी गर्यो ? भन्ने विषयमा जानकारी राखिने तर कुराकानीको विषय भने नपढिने दाबी कम्पनीहरुले गर्ने ग्रेका छन् ।

८. पटक पटक परिवर्तनः एप्पलका अनुसार १८ वर्ष भन्दा कम उमेरका प्रयोगकर्ताले एप्पलको गोपनियता नीीत आफ्ना अभिभावकसँगै बसेर अध्ययन गर्नुपर्दछ र त्यसको असरका बारेमा बुझ्नुपर्दछ ।

बीबीसीको अनुसन्धान टोलीका अनुसार एकजना वयस्कले यदि एक पटक एप्पलको प्राइभेसी पोलिसी पूरै पढ्नेहो भने कम्तिमा ४० मिनेट लाग्दछ । के कुनै किशोर किशोरी मोबाइल प्रयोगकर्ताहरु गोपनियता नीति पढ्नकै लागि यतिधेरै समय खर्चिने धैर्य राख्दछन् ?

समस्या यत्तिमा मात्र सिमित छैन । किनकि कम्पनीहरुले आफ्ना गोपनियता नीतिहरु बारम्बार परिवर्तन गरिरहेका हुन्छन् । अमेजनले घोषणै गरेको छ कि उसको व्यवसाय बदलिइरहेको हुँदा प्रयोगकर्ताले गोपनियता नीति नियमित रुपमा जाँच गरिरहनु पर्दछ ।

गुगल तथा फेसबुक जस्ता कम्पनीहरुले आफ्ना लिखित गोपनियता नीतिहरु बुझ्नका लागि प्रयोगकर्तालाई सरल बनाउने कासिस गरिरहेको दाबी गर्दछन् । तर अनलाइन माध्यमहरुमा प्रयोगकर्ताको सुरक्षा, खासगरी बालबालिकाहरुको सुरक्षाका लागि काम गर्ने संस्थाहरु चाहीँ कम्पनीहरुका यस्ता कोसिसहरु पर्याप्त नभएको बताउँदछन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment