२९ असार, मलेसिया । अवैध रुपमा काम गरिरहेको अवस्थामा पक्राउ परेर मलेसियाकाे जेलमा रहेका एक नेपालीलाई काभ्रे सेवा समाज, मलेसियाले उद्धार गरेको छ ।
नमोवुद्ध नगरपालिका–५, कानपुरका बुद्धबहादुर तामाङलाई उद्धार गरेर समाजले स्वदेश फर्काएकाे हाे ।
अवैधानिक रुपमा रहेका उनलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेर केएलआईए डिपोमा राखेको थियो । आफन्तहरु कोही पनि सम्पर्कमा नआएका कारण उनी लामो समयदेखि जेलमा थिए । समाजले उनको उद्धार गरेर घर फर्काइदिएको हो ।
समाजले विभिन्न कारणले मलेसियामा अलपत्र नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।