Comments Add Comment

खेतियोग्य जमिन मासेको भन्दै चन्द्रनगर गाउँपालिकाविरुद्ध किसान आन्दोलित

२९ असार, महोत्तरी । चन्द्रनगर गाउँपालिकाविरुद्धमा किसानहरु आन्दोलित भएका छन् । गाउँपालिकाले बिकासको नाममा कृषि क्षेत्रलाई नोक्सानी पुर्‍याएको भन्दै किसानहरु आन्दोलित भएका हुन् ।

गाउँपालिकाले विकास गर्ने भन्दै कृषि उत्पादनमा क्षती पुर्‍याएकोले आफूहरुले आन्दोलन गर्नु परेको चन्द्रनगर गाउँपालिका-२ का कृषक महावीर महत्तोले बताए ।

चन्ऽनगर गाउँपालिकाले सडक बनाउने क्रममा प्रमुख ३ सडकमा नारीमनटोल-पकवाबान-बबरगंज, कोरियाहीटोल-गाहृटोल-नारिमनटोल र पोखरिया महादेवमठ-नारिमणबजारमा किसानको खेतीयोग्य जमिनमा क्षती भएको थियो ।

ठूलो मात्रामा खेतियोग्य जमिनमा क्षेती भएपछि संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रेको अर्का किसान राशविहारी सिंहले बताए ।

आन्दोलित किसानहरुले जिल्ला प्रसाशन कार्यालय सर्लाहीमासमेत ज्ञापन पत्र बुझाएका छन् । किसानका हकहितलाई मध्यनजर नगरी, स्थानीय तह र उपभोक्ता समितिले खेतीयोग्य जमिनमा विनासल्लाह डोजर प्रयोग गरेको किसानको आरोप छ ।

गाउँपालिकाले किसानलाई सडकको नाममा मापदण्डका बारेमा जानकारी नगराई सूचना बोर्डसमेत नलगाएर वजेट सिध्याउन खण्डखण्डमा सडक बाँडेर उपभोक्ता समितिमार्फत सडक बनाइरहेकोले छानवीन गर्न किसान संघर्ष समितिले माग गरेको छ ।

सडक निर्माणमा किसानको खेतीयोग्य जमिनमा अवैध अतिक्रमण भएको भन्दै जनप्रतिनिधिलाई कारबाहीको माग गर्दै किसानहरुले क्षतिपूर्ति दिनुपर्ने कृषक महावीर महत्तोले बताए ।

खेतबाट माटो उत्खनन् गरी सडक बनाएको कारण सो जग्गामा ठूलठूला खाडल भएकोले वर्षातको बेलामा मानवीय क्षती हुनसक्ने भन्दै किसानहरुले चिन्ता व्यक्त गरेका छन् ।
उनीहरुले जनप्रतिनिधिबिरुद्ध नाराबाजी गर्नुका साथै गत बुधबार कार्यालय घेराउसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment