Comments Add Comment

नबिल बैंकका कर्मचारी लाई तालिम दिइने

२९ असार, काठमाडौं । मौद्रिक नीतिको व्यवस्था अन्तर्गत सहायक स्तरदेखि अधिकृत स्तर सम्मका कर्मचारीहरुलाई तालिम दिने प्रावाधान कार्यान्वयन गर्ने प्रथम बैंक नबिल बैंक भएको छ ।

नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्स्टच्युिट (एनबीआई )बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार नबिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि एनबीआइद्वारा संचालित अन्तर्राष्ट्रिय स्तरको जानबि कोर्समा ६०० जना कर्मचारीहरुलाई तालिम दिने व्यवस्था गरिएको छ ।
सम्भौतापत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र एन.बी.आई का प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment