Comments Add Comment

क्रोएसियाको जर्सी लगाएर मन्त्रिपरिषद बैठक


२९ असार, काठमाडौं । क्रोएसिया विश्वकप फुटबलमा पहिलोपटक फाइनलमा पुगेपछि समर्थकहरुले विभिन्न शैलीमा खुसी मनाए ।

इतिहास जितेको उत्सव मनाइरहेका बेला क्रोएसियाको मन्त्रिपरिषदमै पनि खुसी मनाउने भिन्न शैली देखियो । इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै टिम विश्वकप फुटबलको फाइनलमा पुगेपछि क्रोएसियामा मन्त्रीहरुले जर्सी लगाएरै मन्त्रिपरिषद बैठकमा सामेल भएका हुन् ।

उनीहरुले राष्ट्रिय जितको उत्सव मनाउनुका साथै खेलाडीहरुको सम्मानमा त्यसो गरेका हुन् ।

क्रोएसियन राष्ट्रपति कोलिन्डा जर्सी लगाएर मैदानमै पुगेर हौसला बढाइरहेको खबरले धेरैलाई अचम्ममा पारिरहेका बेला मन्त्रिपरिषदमै सबै मन्त्री जर्सी लगाएर बैठक बसेको दृश्य निकै भिन्न छ ।

बैठकमा राष्ट्रिय टिमको जितबारे कुराकानी गर्दै खुसी साटासाट पनि गरेका थिए । विश्वकप उपाधि जितेमा खेलाडीहरुलाई कसरी सम्मान र हौसला दिने भन्नेबारे कुराकानी भएको बताइएको छ ।

सन् १९९८ मा पहिलोपटक विश्वकपमा सामेल हुँदा नै सेमिफाइनलसम्म पुगेको क्रोएसियाले यसपटक सबैलाई चकित पार्दै उत्कृष्ट खेल देखाइरहेको छ । त्यसबीच २००२, २००६ र २०१४ मा पनि विश्वकप खेलेको क्रोएसिया समूह चरणबाटै बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment