Comments Add Comment

प्रधानमन्त्रीले सांसदसँग भने : दुई जना ठिङ्ग उभिदैमा संसद अवरुद्ध हुँदैन


२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई जना उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका प्रदेश ३ का सांसदहरुसँग भएको भेटमा ओलीले आफ्ना अडान नछाड्न आग्रह गरे ।

‘एउटा निहुँ झिकेर दुईजना सांसद ठिङ्ग उभिदा संसदका सबै गतिविधि अवरुद्ध हुने हुनु हुँदैन’ प्रधानमन्त्री ओलीले भने, कांग्रेसले झिनामसिना कुरा झिक्ने, दुईजना सांसद ठिङ्ग उभिने, अनि संसदको कारबाही अवरुद्ध हुने । अब यस्त्ाो हुदैन । दुईचार जना मान्छेले गलत नियतले उभिदा संसद रोकिँदैन ।’

संसद देश विकास र जनताका चासोमा बहस गर्ने थलो भएको भन्न्दै प्रधानमन्त्री ओलीले कोही मान्छेको स्वार्थ पूरा गर्नका लागि संसदलाई प्रयोग गर्नु नहुने बताए । ‘हामी दुईतिहाइ बहुमतमा छौं । हाम्रा माननीयहरुले विकासका कुरा ससदमा जोडदार उठाउनुपर्छ । अडानमा बसेर कुरा राख्नुपर्छ’ उनले भने ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले साउनाभित्रै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिने बताए । उनले भने, अहिले पार्टीका कमिटीको अभावमा केही स्थानीयतहमा स्वेच्छारिता आएको भन्ने सुनिएको छ । अब त्यो रोकिन्छ ।’

ओलीले सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध रहेकोे दोहोर्‍याए । साथै सरकार असफल नहुने र जनताको भरोसालाई सधैं शिरोधार्य गर्ने बताएको उनको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment