Comments Add Comment

२१ दिनदेखि बेपत्ता पोखरा महानगरका अधिकृतको शव भीमादमा भेटियो


३० असार, पोखरा । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको छ । असार ९ गते बिहान पोखराबाट हराएका पौडेलको शव शनिबार बिहान भीमाद–६, सेती नदी किनारमा फेला परेको हो ।

२१ दिनपछि भटिएको शव फुलेको, गलेको अवस्थामा भेटिएको भीमाद प्रहरी चौकीले जानकारी दिएको छ । ‘आज बिहान ६ बजेतिर भीमाद सेती नदी किनारमा शव भेटिएको हो’, भीमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र क्षेत्रीले भने, ‘आफन्त तथा परिवारले शवको पहिचान गरेका छन् ।’

शव भेटिएको जानकारी पाउनेबित्तिकै परिवारका सदस्य तथा आफन्त भीमाद पुगेका थिए । शव देखेपछि निधारको चोट, हात, खुट्टा र हुलियाअनुसार परिवारले पहिचान गरेको सई क्षेत्रीले जानकारी दिए ।

असार ९ गते बिहानै घरबाट हिँडेका पौडेलले महेन्द्रपुलस्थित सेती नदीमा हाम फालेको निश्कर्ष प्रहरीको थियो । पौडेलले आत्महत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment