Comments Add Comment

फेक न्यूज नहटाउने फेसबुकको निर्णय


फेसबुकले आफ्नो प्लेटर्फमबाट फेक न्यूज नहटाउने प्रष्ट पारेको छ । यस्ता फेक न्यूजका पोष्टहरुले आफ्नो सामुदायिक मापदण्डको उल्लंघन नगरेको फेसबुकले दाबी ग्रेको छ ।

सोसल नेटवर्किङ साइट फेसबुकले अहिले बेलायतमा फेक न्यूज विरुद्ध अभियान चलाइरहेको छ । यससँग सम्बन्धित विज्ञापनको नाम फेक न्यूज इज नट आवर फ्रेण्ड रहेको छ ।

यति हुँदाहुँदै फेसबुक फेक न्यूज पोष्ट गर्ने प्रयोगकर्ताको बचाउ समेत गरिरहेको छ । उसका अनुसार यस्ता पोष्ट गर्ने मानिसहरुको प्रायः निकै नै फरक धारणा हुन्छ । त्यसैले उनीहरुका त्यस्ता पोष्ट हटाउनु भनेको वाक स्वतन्त्रताको विश्वव्यापी सिद्धान्तको विपरित हुन्छ ।

फेसबुकका अनुसार उसले फेक न्यूजलाई हटाउने होइन कि न्यूज फिडमा निकै तल धकेल्दिनेछ ।

यसको अर्थ फेसबुकमा फेक न्यूज हुने त छन्, तर सजिलैसँग देखा पर्ने छैनन् ।

प्रश्नको घेरामा फेसबुक

गत अमेरिकी राष्ट्रपति चुनावमा सोसल नेटवर्कका माध्यमबाट कथित रुसी हस्तक्षेपको खुलासा भएको थियो । तत् पश्चात चुनाव प्रचारमा फेक न्यूजको भूमिकालाई लिएर फेसबुक विवादको घेरामा परेको थियो । बुधबार अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा फेसबुकले पत्रकारहरुलाई बुझाउने कोसिस गर्यो कि ऊ फेक न्यूजको समस्या समाधान गर्ने कोसिस गरिरहेको छ ।

त्यसक्रममा सिएनएनका एक पत्रकारले प्रश्न गरे,’फेसबुकमा अहिले पनि इन्फोवार्स नामको पेज छ । यस्तोमा फेसबुकले भ्रामक जानकारी अर्थात् फेक न्यूजको समस्या समाधान गरिरहेको दाबी कसरी गर्न सक्दछ ?’

इन्फोवार्समा लाइभ टक शो देखाइन्छ । फेसबुकमा यो पेजका नौ लाख भन्दा धेरै फलोअर्स छन् । यसका प्रमुख सञ्चालक एलेक्स जोन्स युट्युबमा पनि सेलिब्रेटी हुन्, जहाँ उनका २४ लाख सब्सक्राइबर छन् ।

गलत जानकारी

इन्फोवार्स पेजका माध्यमबाट अहिलेसम्म धेरै खाले गलत जानकारीहरु फैलाइसकिएको छ । यसका जानकारीहरु गलत हुने गरेका धेरै प्रमाण फेला परिसकेका छन् । सन् २०१२ मा सेन्डी हुक स्कुलमा भएको गोलिबारीको विषयमा पनि यसमा गलत जानकारी दिइएको थियो ।

तर सिएनएनका पत्रकारलाई जवाफ दिने क्रममा फेसबुकका अधिकारी जोन हेगमनले भने ः मानिसहरुलाई आवाज दिनका लागि हामीले फेसबुक बनाएका थियौँ ।

फेसबुकले स्पष्ट पारेको छ कि जुन फेक न्यूज्ले उसको नियम उल्लंघन गर्दैन, त्यसलाई हटाइँदैन । तर ती भ्रामक समाचारहरुलाई अन्य समाचार भन्दा निकै तल राखिनेछ ।

फेसबुकका प्रवक्ताले भनेका छन् ः अभिव्यक्तिको रुपमा मानिसहरुले यस्ता सामाग्री पोष्ट गर्न सक्दछन् । तर हामी यस्ता समाचारलाई न्यूज फिडमा माथिल्लो भागमा देखाउँदैनौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment