Comments Add Comment

सेरेनालाई हराउँदै एन्जेलिकले जितिन् विम्बल्डन टेनिसको उपाधि

३१ असार, काठमाडौं । अमेरिकी सेरेना विलियम्सलाई हराउँदै जर्मनीकी एन्जेलिक केर्बेरले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । शनिबार सेन्टर कोर्टमा भएको फाइनल खेलमा केर्बेरले सेरेनालाई ६-३ र ६-३ को सोझो सेटमा सहजै पराजित गरिन् ।

३० वर्षीया केर्बेरको यो तेस्रो ग्राण्डस्लाम उपाधि हो । उनले यसअघि युएस ओपन र अष्ट्रेलियन ओपन जितेकी थिइन् ।

३६ वर्षीया सेरेना हालै सुत्केरी भएकी थिइन् । उनी ९ महिनापछि मैदान छिरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment