Comments Add Comment

डडेल्धुराको एकमात्र कभर्ड हल वर्षाले भत्कियो

३१ असार, डडेल्धुरा । जीर्ण अवस्थामा रहेको डडेल्धुराको कभर्ड हल भत्किएको छ । जिल्लाको एक मात्र कभर्ड हल लगातारको वर्षाका कारण शनिबार भत्किएको हो ।

अमरगढी नगरपालिका वडा नम्बर ४ खलंगामा ३४ वर्ष पहिले निर्माण भएको उक्त कभर्डहल जीर्ण भए पनि मर्मत सम्भार गरिएको थिएन ।

पुरानो संरचना भएको र मर्मतसम्भार नभएकाले अविरल वर्षाका कारण कभर्ड हल भत्किएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले बताए ।

कभर्डहल मर्मतका लागि बारम्बार सरोकारवाला निकायमा अनुरोध गरे तापनि कुनै सुनुवाइ नभएको उनले गुनासो गरे । ‘विगत १ वर्षदेखि राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश सरकारलाई इस्टिमेट सहित मर्मतका लागि अनुरोध गर्दै आएका थियौं,’ उनले भने ‘स्थानीय निकाय अमरगढी नगरपालिकालाई पनि निकै अनुरोध गरें तर बेवास्ता गरियो ।’

जिल्लाको महत्वपूर्ण र एकमात्र कभर्डहल भत्किदा इनडोर खेलकुदका कार्यक्रम समेत प्रभावित हुने भएको छ ।

इनडोर खेलहरु खेल्नका लागि हलको प्रयोग हुने हुादा अबबाट खेल खेल्न समस्या हुने खेलाडि सुनिल तामाङलेे बताए । ब्याडमिन्टन, टेबल टेनिस, करााते, बक्सिङ, चेस जस्ता खेलहरु कभर्ड हलको विना खेल्न नसकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment