Comments Add Comment

एकदिवसीय क्रिकेटमा धोनीले बनाए १० हजार रन

३१ असार, काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा दश हजार रन पुरा गरेका छन् ।

धोनी जब लर्ड्समा ब्याटिङ गर्न उत्रिए, वनडे करियरमा १० हजार रन पुर्‍याउन उनलाई ३३ रन चाहिएको थियो । २३२ रनको लक्ष्य पछ्याएको भारत भलै ८६ रनले हार्‍यो, धोनीले ४३ औं ओभरमा सिंगल लिएर यो उपलब्धी हात पारे ।

धोनी १० हजार रन बनाउने विश्वको १२ औं र भारतको चौथो ब्याट्सम्यान बनेका छन् ।

उनले ३२० खेलमा यो उपलब्धी पुरा गरेका हुन् । उनले १० शतक र ६७ अर्धशतक बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment