Comments Add Comment

मेल्बर्नमा सकरात्मक सो‍‍‍‍‌‍‍च सम्बन्धी प्रशिक्षण

मेल्बर्न / अस्ट्रेलियाको मेल्बर्नमा सकरात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ एबं रामपुर क्याम्पसका प्राध्यापक डाक्टर होमबहादुर बस्नेतले सकरात्मक सोचमा केन्द्रित भएर बिभिन्न देशमा मोटिभेसनल स्पिच दिने क्रममा ३३७ औं कार्यक्रमका रुपमा मेल्बर्नको कन्सुलेट कार्यालयमा आयोजित कार्यक्रममा प्रशिक्षण दिएका हुन् ।

प्रा.डा. बस्नेतले आफ्नो प्रस्तुतिको क्रममा सफलता र सुखमय जीवनको श्रोत बाहिर नभएर प्रत्येक ब्यक्तिभित्रै हुने र सकारात्मक सोच, मनस्थिति, अरुप्रतिको आदरभाव, मनोबल आदि कुराहरुले मानिसलाई कसरी सफल बन्न र सुखी रहन सहयोग गर्छ भन्ने कुराका बिभिन्न रोचक दृस्टान्तहरु पेश गरेका थिए ।

प्रस्तुतिकै क्रममा प्रा.डा.बस्नेतले हाम्रो संस्कृति विश्वमै पाउन नसकिने र विश्वलाई नै डो¥याउनसक्ने भएको बताए ।

असक्त शरीर र परिस्थितिले नभइ मानिस दिमाग र मनस्थितिले अपाङ्ग हुने गरेको भन्दै मनस्थितिलाई तयार गरियो भने जस्तोसुकै चुनौतिपूर्ण काम पनि सफल हुन सकिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले राजनीति, सामाजिक सन्जाल जताततै अनावस्यक किसिमले स–साना कुराहरुमा गाली गलौज, आलोचना देखिने हाम्रो समाजमा यस किसिमका कार्यक्रमको ठूलो महत्व हुने कुरा बताए ।


कार्यक्रमको सभापतित्व गरेका लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले सुखमय जीवनको श्रोत पूर्वीय दर्शन भएको तर यसको महत्व पाश्चात्य जगतले बुझेर यसलाई हामीले भन्दा बढी उनीहरुले प्रयोग गर्न थालेको बताए ।

श्रेष्ठले अहिलेसम्मै सबैभन्दा ठूलो वैज्ञानिकको रुपमा मान्ने गरिएका आइन्स्टाइनले समेत आफ्नो क्षमताको करिब ८५ मात्रैलाई उपभोग गरेको र आफूमा अन्तर्निहित अथाह क्षमतासम्म पुग्ने एउटा शुरुको खुड्किलो सकारात्मक सोच भएको बताए ।

बिभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रमको उदघोषण निरु त्रिपाठीले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment