Comments Add Comment

फिल्म प्रमोशनका लागि चन्द्रागिरी पुगे विनय र श्रृष्टी


चलचित्र प्रमोशनका लागि नयाँ नयाँ फन्डा अपनाइरहेको चलचित्र ‘रोमियो एन्ड मुना’को निर्माण टिमले पर्यटकिय स्थल चन्द्रागिरी हिल्स पुगेर चलचित्रको प्रचार गरेको छ । चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठ चलचित्र प्रमोशनका लागि चन्द्रागिरी पुगेका थिए ।

विनय र श्रृष्टीको साथमा निर्देशक नरेशकुमार केसी र निर्माता प्रशन्न गोपालीलाई मेयर घनश्याम गिरीले स्वागत गरे । ‘रोमियो एण्ड मुना’ टिम केबुलकार चढेर भालेश्वर मन्दिरसम्म पुगेको थियो । चन्द्रागिरीमा आयोजित पत्रकार सम्मेलनमा साउन ११ गतेबाट रिलिज हुने चलचित्रले एउटा फरक प्रेमकथा बोकेको भन्दै यसका नायक श्रेष्ठले दर्शकलाई चलचित्र हेर्न आग्रह गरे ।

चलचित्रको प्रमोशनका लागि मोफसल दौडमा जाने योजना समेत रहेको निर्माता प्रशन्न गोपालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment