Comments Add Comment

उपत्यकामा दिउँसै पेस्तोल किनबेच ! ३ जना पक्राउ

३१ असार, काठमाडौं । उपत्यकामा दिनदहाडै हतियार किनबेच हुने गरेको खुलेको छ ।

प्रहरीले जर्मन पेस्तोल विक्री गर्न हिँडेका ३ जनाको समूहलाई ललितपुरको नख्खिबोटबाट पक्राउ गरेसँगै हतियार किनबेच हुने गरेको खुलेको हो ।

स्रोतका अनुसार पक्राउ पर्नेमा कृष्णबहादुर जोशी, आकुराम मुक्तान र हेमराज पौडेल छन् ।

विशेष सुराकीका आधारमा पछ्याउने क्रममा उनीहरुलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको स्रोतले बतायो ।

काठमाडौं प्रहरीले उनीहरुलाई ललितपुर प्रहरीको जिम्मा लगाएको छ ।

स्रोतका अनुसार उनीहरुको साथबाट ५ राउण्ड गोली र दुई वटा म्याजिन पनि बरामद भएको छ ।

थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment