Comments Add Comment

फुरुङ्ग स्वस्तिमा


नायिका स्वस्तिमा खड्का हिजोआज फुरुङ्ग छिन् । कारण, उनको हातमा चलचित्रको अभाव छैन ।  यसमाथि, उनले काम गरेका चलचित्रले बक्स अफिसमा राम्रै व्यापार पनि गरिरहेका छन् । त्यसमाथि पनि, चलेका लोक शैलीका गीतहरुमा उनले नै अभिनय गरेकी छिन् ।

स्वस्तिमा ‘कुटुमा कुटु’देखि ‘जय भोले हुँदै छक्का पन्जा ३’को लोक लयको गीत आफूलाई परेको बताउँछिन् । स्वस्तिमाले अहिले नै आफ्नो आमा बन्ने योजना नभएको बताइन् । उनले भनिन्-‘अहिले नै मोटाउने योजना छैन । यसका लागि अझै केही बर्ष लाग्छ ।’

तर, उनलाई केही फ्यानले मोटी भनिदिएपछि भने टेन्सन भएको छ । यसैले उनी अझै दुब्लाउनुपर्छ कि भन्ने सोचमा पुगेकी छिन् । स्वस्तिमाको ‘नाई नभन्नु ल ५, छक्का पन्जा ३, जय भोले’ रिलिजको क्रममा छन् भने ‘बुलबुल’को छायांकन सुरु हुने तयारीमा छ ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment