Comments Add Comment

गोरखामा ठेकेदारपछि क्रसर उद्योगमाथि कारबाही

३१ साउन, गोरखा । गोरखामा मापदण्ड पूरा नगरी सञ्चालन भएका क्रसर उद्योगमाथि कारबाही प्रक्रिया सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयले अनुगमन टोली बनाएर क्रसर उद्योग निरीक्षण सुरु गरेको छ ।

शनिबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसमेतको टोलीले पालुङटार नगरपालिका-१ को सिम्रन क्रसर उद्योग र माइ मनकामना क्रसर उद्योग र गोरखा नगरपालिका १० को गोरखकाली क्रसर उद्योगको निरीक्षण गरेका छन् ।

अनुगमनका क्रममा टी क्रसर उद्योगले उद्योग सञ्चालनमा आगि आवश्यक कागजपत्र बुझाउन सकेनन् । सिम्रन क्रसर उद्योगको नविकरण नभएको भेटियो ।

माइ मनकामना क्रसर उद्योगको पनि नवीकरण ‘फेल’ भएको र अन्य आवश्यक केही कागजपत्र भेटिएन । यसका सञ्चालकलाई आवश्यक कागजपत्र आइतबार जिल्ला प्रशासन कार्यालयमा आउन भनिएको छ । गोरखकाली क्रसर उद्योगका सुपरभाइजर प्रवोध रानालाई पनि केही दिनभित्रै आवश्यक कागजपत्र बुझाउने लिखित प्रतिवद्धता गरेर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक झविन्ऽ भट्टराईले बताए ।

केही दिनभित्र आवश्यक मापदण्ड पूरा नगरे उद्योग बन्द गर्ने प्रजिअ भट्टराईले चेतावनी समेत दिएका छन् । ‘हाम्रो आशय उद्योग बन्द गर्ने होइन, आवश्यक मापदण्ड पूरा गर्नलाई सहजीकरण पनि गर्छाै अटेर गरे उद्योग बन्द गर्छौ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment