Comments Add Comment

इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोन ‘ग्यालेक्सी जे६’

 

३१ असार, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले हालै इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोन– ग्यालेक्सी जे६ नेपाली बजारमा प्रस्तुत गरेको छ । मोबाइल इन्डस्ट्रिजमा सामसङको नयाँ स्मार्ट फोन प्रभावशाली रहेको भन्दै सामसङले इन्फिनिटी डिस्प्लेको आदर्शलाई आत्मसाथ गर्दै ग्यालेक्सी जे६ स्मार्ट फोन प्रस्तुत गरेको जनाएको छ । इन्फिनिटी डिस्प्लेको सुविधाले ग्राहकलाई १५ प्रतिशत ज्यादा स्क्रिन प्रदान गर्छ ।

त्यसैले ग्यालेक्सी जे६को इन्फिनिटि डिजाइनले ठूलो डिस्प्ले एरिया प्रदान गर्छ । पातलो, हलुका तथा होम बटनको सट्टामा सफ्टवेयर पावर्ड इनडिस्प्ले होम बटन हुनु यसको विशेषता छ । सहजताको लागिफिंगर सेन्सर बटनलाई पछाडिको भागमा लगिएको छ ।

डिस्प्ले हार्डवेरमा गरिएको परिवर्तनले १८.५ः९ को एसपेक्ट रेसियो प्रदान गरेको छ । आइएमविजका प्रमुख प्रणय रन्त स्थापितले भने, “ग्यालेक्सी जे६ युवापिंढीलाई विशेष ध्यानमा राखेर तयार पारिएको छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment