Comments Add Comment

रोटी डढेको निहुँमा पत्नीलाई तलाक

 

भारतको उत्तर प्रदेशस्थित एक गाउँमा रोटी सेक्ने क्रममा डढाएको भन्दै एकजना मुस्लिम युवकले आफ्नी पत्नीलाई तिन तलाक भन्दै घरबाट निकालिदिएका छन् ।

उत्तरप्रदेशको महोबा जिल्लास्थित पहरेथा गाउँकी २४ वर्षीया एक युवतीले आफुलाई रोटी डढेको निहुँमा लोग्नेले तलाक दिएर घरबाट निकालेको उजुरी स्थानीय प्रहरी चौकीमा गरेपछि घटनाको खुलासा भएको हो ।

रोटी डढाएको निहुँमा पत्नीलाई तलाक दिने युवकको नाम निहाल खाँ हो । उनीहरुबीच गत जुलाई ४ मा विवाह भएको थियो ।

नवविवाहिता ती युवतीका अनुसार तलाक भनेर घरबाट बाहिर निकाल्नु भन्दा ३ दिनअघि उनलाई पतिले जलिरहेको चुरोटले सरीरका विभिन्न भागमा पोलिदिएका थिए ।

आफूलाई लोग्नेले तलाक भनेर घरबाट निकालेको भन्दै स्थानीय प्रहरी चौकीमा उजुरी गर्न ग्एकी ती युवतीलाई सुरुमा त प्रहरीले गाली गरेर पठाएछ । तर उनले हिम्मत नहारीकन माथिल्लो तहको पुलिस चौकीमा उजुरी गर्न पुगिन् । जहाँ उनको कुरा सुनुवाइ भयो ।

प्रहरी अधिक्षक कार्यालयले मातहतको स्थानीय पुलिस चौकीलाई उक्त घटनाको छानविन गर्न र श्रीमतीमाथि अत्याचार गर्ने युवक निहाल खाँ माथि घरेलु हिंसाको मुद्दा चलाउन आदेश दिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment