Comments Add Comment

उपरथीमा बढुवा भएका शाहलाई दर्ज्यानी चिन्ह प्रदान

३१ असार, काठमाडौं । उपरथीमा बढुवा भएका सुवर्णबहादुर शाहलाई प्रधान सेनापति, महारथी राजेन्द्र क्षेत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णय अनुसार शाह उपरथीमा बढुवा भएका थिए । विशेष कार्यक्रमकाबीच दर्ज्यानी चिन्ह प्रदानसँगै शाहलाई मध्य पृतना हेडक्वाटरको पृतनापतिको जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा नेपाली सेनाका रथी र अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment