Comments Add Comment

लागू औषध लट्न गएका युवक पक्राउ

३१ असार, काठमाडौं । लागू औषध लुट्न गएका आरोपमा विजय मगर पक्राउ परेका छन् । प्रहरीबाट छुट्न घुस दिने प्रस्ताव गरेपछि उनी थुनामा परेका छन् ।

प्रहरीका अनुसार रिजन सुनुवार लागू औषध लिएर आएको सूचनाका आधारमा मयर बालाजु पुगेका थिए । तर, स्थानीय मानिसको भीडभाड भएपछि उनलाई आफू सादा पोषाकको प्रहरी भएको बताए । तर, महाराजगञ्जबाट गएको प्रहरीले सोधेखोजी गर्दा उनी नक्कली प्रहरी भएको खुलेको छ ।

उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको थियो । उनीसँग लागू औषध भेटिएको छैन । तर, मुद्दा मिलाउने भन्दै प्रहरीलाई ६० हजार प्रस्ताव गरेपछि उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment