Comments Add Comment

सुनकोशी गाउँपालिकाको वजेट ३५ करोड २ लाख ४४ हजार

३१ असार, सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट गाउँ सभामा प्र्रस्तुत गर्दै सातौ गाउँ सभा सम्पन्न गरेको छ ।

पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले गाउँ सभाको उद्घाटन गरेका थिए ।

सुन्दर सुनकोशी,सम्वृद्ध सुनकोशी र सुखी सुनकोशी नारा तय गरेको गाउँपालिकाले बाषिर्क नीति तथा कार्यक्रममा विभिन्न योजनाहरु समेत समावेश गरेको छ ।

गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेलले आगामी वर्षको लागि केन्द्र,प्रदेश र आन्तरिक स्रोतबाट खर्च गरिने गरी कुल ३५ करोड २ लाख ५० हजारको बजेट पेश गरेकी थिइन ।चालु तर्फ २० करोड ८६ लाख र पुँजीगततर्फ १२ करोड ५५ लाख रुपियाँको वजेट गाउँपालिकाको रहेको छ ।

गाउँपालिका भित्र कृषिलाई आत्मनिर्भर बनाउने उदेश्यले मौरीको पकेट क्षेत्र बनाउने,कृषकहरुलाई यान्त्रीकीकरण तर्फ जोड दिने,एक घर पाँच फलफूल कार्यक्रम सञ्चालन गर्नै योजना अघि सारेको छ ।

गाउँपालिका भित्रका सबै विद्यालयहरुमा खेल शिक्षकको व्यवस्था गर्नै,नमुना विद्यालय सञ्चालनका लागि पुर्वाधार तयार पार्नै,गाउँपालिका भित्रका उत्ृकष्ट शिक्षकहरुलाई १५ हजारसहित सम्मान गर्नै कार्यक्रम अघि सारेको छ ।

गाउँ पालिक भित्र पर्यटन व्यावसायलाईै विस्तार गर्नै उदेश्यले भ्यु टावर निर्माण गर्नै गाउँ पालिकाका नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रत्येक वडामा एउटा सडक पहिचान गरेर चार वर्ष भित्र कालोपत्रे गर्नै,सिञ्चाइ खानेपानी लगायतका क्षेत्रमा गाउँपालिकाको नीति तथा कार्यक्रममा विशेष सम्बोन गरिएको गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले बताए ।

गाउँपालिकामा विपद हुन नदिन सर्तक रहने र कसैको विपदमा परी निधन भएमा २०हजार रुपियाँ दिने पनि गाउँपालिकाले नीति बनाएको अध्यक्ष जिसीले बताए ।

गाउँसभामा बोल्दै पुर्वे सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले विकासका लागि सबै राजनीतिक दलहरु एक हुनु पर्ने बताए ।

वर्तमान सरकारले प्रतिपक्षलाई पेलेरै जाने नीति अघ सारेको बताउँदै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बस्नेतले प्रतिपक्षलाई पेलेरै गए सरकारको विरुद्ध कडा आन्दोलन गर्नै चेतावनीसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment