Comments Add Comment

हजार्डले गरे रियल मड्रिड जाने संकेत

३१ असार, काठमाडौं । विश्वकपमा तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डलाई २-० ले हराएपछि स्टार खेलाडी इडन हजार्डले अब आफूले क्लब फुटबलमा केही नयाँ गर्ने बेला आएको बताएका छन् ।

उनको भनाइ इंग्लिस क्लब चेल्सी छाडेर स्पेनिस क्लब रियल मड्रिड जानेतिर संकेत गरिएको फुटबल पण्डितहरुको बुझाइ छ ।

‘मेरो गन्तव्य के हुने भन्ने तपाईंहरुलाई राम्ररी थाहा छ’ २७ वर्षका उनले शनिबारको जितपछि पत्रकारहरुसँगको कुराकानीमा भनेका थिए ।

‘म चेल्सीमै रहन्छु कि त्यहाँबाट जान्छु भन्ने कुराको निर्णय लिन सक्छु तर त्यसमा क्लबले के चाहन्छ र मलाई जान दिन्छ कि दिँदैन भन्नेमा पनि भर पर्छ । अन्तिम निर्णय क्लबसँग नै हुन्छ’ उनले भने ।

क्रिष्टियानो रोनाल्डो मड्रिड छाडेर युभेन्टस गएसँगै नेइमार, एमबाप्पे र हजार्डमा क्लबको विशेष चासो रहेको खबर आइरहेका छन् ।

चेल्सीले प्रशिक्षक एन्टोनियो कोन्टेलाई शुक्रबार बर्खास्त गरेर शनिबार माउरिजिओ सारीलाई नियुक्त गरेको छ ।
विश्वकपमा तीन गोल गरेका हजार्डको चेल्सीसँगको सम्झौता भने अझै दुई वर्ष बाँकी छ । उनी सन् २०१२ मा प|mेन्च क्लब लिलेबाट चेल्सी आएका हुन् ।

चेल्सीबाट उनले दुईपटक पि्रमियर लिग तथा एफए कप, लिग कप तथा युरोपा लिगको उपाधि जितेका छन् । हजार्डले सन् २०१७ को जुनमा रियल मडि्रडले प्रस्ताव गरेको तर आफू चेल्सीमै रहने बताएका थिए ।

हामी सबैसँग सपनाहरु छन् । त्यो चेल्सीमै रहने पनि हुन सक्छ । स्पेन जाने पनि हुन सक्छ’ अन्त्यमा उनले भने ।
गएको मे महिनामा चेल्सीका पूर्वउपाध्यक्ष स्टीभ क्लार्कले नयाँ खेलाडीहरु किन्न रकम जुटाउन आवश्यक रहेकाले चेल्सीले हजार्डलाई बेच्न आवश्यक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment